पक्राउ परेकामध्ये एक जना लहान नगरपालिका–१५ का २१ वर्षीय सन्तोष यादव र अर्का लहान नगरपालिका–१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहानको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। सूचना अनुसार भारतबाट लागुऔषध ल्याइ बलान खोला हुँदै लहानतर्फ लैजाँदै गरेको जानकारी पाएपछि प्रहरीले लहान नगरपालिका–१७ स्थित बलान खोलामा चेकजाँच गरेको थियो।
जाँचको क्रममा बलान खोलाको बगरमा दुई वटा मोटरसाइकल (०१–००४ प ५९८५ र स ३ प १७२ नम्बर) सहित टाउको र पिठ्युँमा बोरामा लागुऔषध बोकेर हिँडिरहेका यादवद्वय पक्राउ परेका हुन्।
उनीहरूको साथबाट प्रहरीले ONEREX–१००ML लेखिएको ११३ बोतल एक बोरामा र ९० बोतल अर्को बोरामा गरी जम्मा २०३ बोतल लागुऔषध फेला पारेको जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।