Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ


असार ४ गते, काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो १५९ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेकी छिन्।


पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो। एयर अरेबियाको शारजाह–काठमाडौं उडानमार्फत आएकी खेमानी विमानस्थलको आगमन भन्सार क्षेत्रको टनेल गेटबाट बाहिरिने क्रममा पक्राउ परेकी हुन्।


उनको साथबाट प्लास्टिकले ‘र्‍याप’ गरिएको तीन थान डल्ला फेला परेको र उक्त डल्ला सुन जस्तो देखिने अर्धठोस पदार्थ रहेको बताइएको छ। बरामद गरिएको सामानको तौल एक किलो १५९ ग्राम रहेको प्रहरीको भनाइ छ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom