Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साँझको समय क्याफे पुगेका एक युवक मृत भेटिए, सुतेको कोठामा लागुऔषध र वियरका बोतलहरू


असार ४ गते, उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित गाईघाट बजारमा रहेको आपाज क्याफेमा एक युवक मृत अवस्थामा फेला परेका छन्।


मृत भेटिनेमा त्रियुगा–१३ असारी निवासी २८ वर्षीय विशाल हमाल ठकुरी रहेका छन्। मंगलबार साँझ उनी क्याफेमा गएका थिए र त्यही खाना खाई बस्ने क्रममा रातभर सोही कक्षमा रहेका थिए। बुधबार बिहान अबेरसम्म नउठेपछि क्याफेका सञ्चालक विकास राई तथा अन्य कर्मचारीहरूले कोठाको ढोका खोली हेर्दा विशाल मृत फेला परेका थिए। कोठामा वियरका बोतलहरूसमेत भेटिएको थियो।


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतक सुतेको कोठाबाट लागुऔषध सम्बन्धी सामग्री र वियरका बोतलहरू बरामद गरिएको छ। हाल घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको तथा मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको प्रहरीले जनाएको छ।


घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom