Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाली जोगाउन खेतमा जडान गरिएको करेन्ट लागेर महिलाको मृत्यु


असार ५ गते, धनुषा । धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको करेन्ट प्रवाह भएको तारले एक महिलाको ज्यान गएको छ । बिहीबार बिहान ९ बजे स्थानीय ५० वर्षीया मङ्लीदेवी महतोको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महतो सोही स्थानका रामअशिष महतोकी श्रीमती हुन् । बिहान आफ्नै तरकारी खेतमा काम गर्न गएकी मङ्लीदेवी खेत वरिपरि लगाइएको करेन्ट प्रवाहित नाङ्गो तारमा छोइएर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार प्रारम्भिक अनुसन्धानमा रामप्रमोद महतोले जङ्गली जनावरबाट तरकारी बाली जोगाउन खेत वरिपरि नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेको पाइएको छ । यसै घेरामा परेर मङ्लीदेवीको ज्यान गएको जनाइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार यहाँका केही किसानले बाली जोगाउन खेत वरिपरि अवैध तरिकाले विद्युतीय तार तानेर करेन्ट प्रवाह गर्ने गरेका छन् । यसरी जडान गरिएको तारले मानवीय क्षति बढाउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom