जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार दिउँसो २ः२० बजे विमलमानले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै तुलमायाको ज्यान गएको हो । मृतकको टाउको र जिउ छुट्टिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार भएका विमलमानलाई खोजतलास गर्ने क्रममा दिउँसो ३ः३५ बजे थाहा नगरपालिका–३ थाना बजारबाट खुकुरीसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको छ । मृतकको माइती पक्ष सोही स्थान थाहा नगरपालिका–१ कुन्छालमै रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।