Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ठूलो परिमाणमा लागूऔषधसहित एकजना कारोबारी पक्राउ

 

सिरहाबाट ठूलो परिमाणमा लागूऔषध र एकजना कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट मंगलबार लागूऔषध र एक जनालाई नियन्त्रणमा लिएको हो ।


प्रहरीका अनुसार मंगलबार बिहान १० बजेको समयमा लहान नगरपालिका-४ कुमाल टोलमा एउटा मोटरसाइकल र एउटा बोरा भेटिएको थियो । त्यसलाई खोलेर हेर्दा अनरेक्स नामक १ सय ९३ बोतल लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।


लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि यसका धनी लहान नगरपालिका-१९ का २२ वर्षीय मोहम्मद नसरूल रहेको खुलेको र उनलाई पनि सोही दिन दिउँसो लहानबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।


डीएसपी पासवानका अनुसार, गोप्य सूचनाका आधारमा उनलाई प्रहरीले पछ्याएको थियो । तर, प्रहरीलाई देखेपछि उनी लागूऔषध र मोटरसाइकल बाटोमै छाडेर भागेका थिए ।


सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पासवानले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom