जेठ २२, महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करार कर्मचारी रुपेश महतोको सर्पको टोकाइले मृत्यु भएको छ।
उनलाई राति १ बजे सुतिरहेको बेला पेट र तिघ्रामा तीन पटक सर्पले टोकेको थियो। उपचारको क्रममा आज बिहान ५:१५ बजे जनसेवा अस्पताल, बर्दिबासमा उनको मृत्यु भएको हो।
मृतक एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए।