Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रुख काट्ने क्रममा मुढाले लाग्दा महिलाको ज्यान गयो


रोल्पा, जेठ २१ — रोल्पाको लुङ्ग्री गाउँपालिका–६ स्थित कालीमाटी सामुदायिक वनमा मङ्गलबार रुख काट्ने क्रममा मुढा पल्टिँदा एक महिलाको ज्यान गएको छ।


उपल्लो गुम्चाल दरालसिम निवासी २६ वर्षीया प्रतीक्षा बुढाथोकीको मुढाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।


घटनामा संलग्न छिमेकी निलबहादुर विष्टले रुख ढालिसकेपछि मुढा काट्ने क्रममा अचानक मुढा पल्टिँदा बुढाथोकीलाई ठक्कर दिएको थियो।


स्थानीयले तत्कालै प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो र हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रहरीले घटनासँग सम्बन्धित निलबहादुर विष्टलाई नियन्त्रणमा लिएको छ। मृतक बुढाथोकीका ११ वर्षीय छोरा र ६ वर्षीया छोरी छन्।

Top Post Ad

post bottom ads

Ads Bottom