Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भीषण आगलागी, दर्जनभन्दा बढी पसल जलेर नष्ट


बाजुरा, जेठ २३ — बाजुराको बुढीगङ्गा नगरपालिका–६ मा रहेको बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोटपछि आज दिउँसो लागेको भीषण आगलागी साँझतिर मात्रै नियन्त्रणमा आएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीका अनुसार, बजारको एक होटलमा खाना पकाउने क्रममा सिलिण्डर विस्फोट हुँदा आगो फैलिएको हो। आगलागीले १२ भन्दा बढी व्यवसायिक पसलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्।


आगलागीका कारण लाखौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


हावाहुरीका कारण आगो फैलिन थप सहज भएको र नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ। घटनाले बाम्का क्षेत्रको इन्टरनेट र विद्युत सेवा समेत प्रभावित भएको छ।


प्रहरीले आगलागीको यथार्थ कारण अझै खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ। स्थानीयवासी, प्रहरी र दमकल टोलीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom