जेठ २९, स्याङ्जा । लागू औषध (गाँजा) सम्बन्धी मुद्दामा फरार रहेका अमर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–६, राईडाँडाका ४० वर्षीय गुरुङलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले २०८२ साल जेठ २६ गते पक्राउ गरेको हो।
स्याङ्जा जिल्ला अदालतले २०८१ साल जेठ २६ गतेको फैसलाबाट गुरुङलाई १ वर्ष १ महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो। फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी २०८२ साल जेठ २७ गते अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरुङलाई अब कैद भुक्तान र जरिवाना असुली प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।




