Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मलेखु–मुग्लिन सडक खण्ड पाँच घण्टा दैनिक बन्द हुने


जेठ २९, काठमाडौँ । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामध्ये एक मानिने मलेखु–मुग्लिन सडक खण्ड भोली जेठ ३० गते शुक्रबारदेखि असार ७ गतेसम्म प्रत्येक रात पाँच घण्टा बन्द हुने भएको छ।

नयाँ निर्माण भएका पुलहरूमा आरसीसी विम गडर राख्ने काम सुरु गर्न लागिएकोले सडक बन्द गरिने भएको हो। गडर राख्नका लागि ठूलो क्रेन प्रयोग गर्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नदिने व्यवस्था मिलाइएको छ।

सवारी साधन रोक्ने व्यवस्था यस्तो छ :

  • मुग्लिनतर्फबाट काठमाडौँ प्रवेश गर्ने ठूला, यात्रुवाहक तथा मालवाहक सवारी : मुग्लिन बजार क्षेत्रमा रोकिने।

  • साना तथा हल्का सवारी : कुरिनटारमा रोक्ने।

  • मलेखुबाट मुग्लिनतर्फ जाने सवारी : मलेखु र सितलबजारमा रोक्ने।

अत्यावश्यक सवारी भने चल्न पाउने :

  • बिरामी बोकेका एम्बुलेन्स

  • प्रहरी तथा सुरक्षाकर्मीका सवारी

  • दमकललगायतका आपत्कालीन सेवाका साधनहरू।


प्रत्येक दिन करिब १५ हजार सवारी साधन गुड्ने यस सडक खण्डमा लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न र सुरक्षामा सहयोग गर्न नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले आग्रह गरेको छ।

सडक बन्दसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय चितवन र धादिङसँग समन्वय गरी सार्वजनिक गरिएको हो।



Top Post Ad

post bottom ads

Ads Bottom