Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै यात्रुबाहक बस दुर्घटनामा १० जना यात्रु घाइते


असार ९ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा सोमबार बिहान भएको बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।


काठमाडौँबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


बा.प्र.०१–००६ ख. ५२१६ नम्वरका यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकभन्दा दक्षिण साईडमा ७ फिट भित्र दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ  ।


घाइते हुनेमा तीन जना नेपालका तथा सात जना भारत बिहारको रहेको प्रहरीले जनाएको छ ।


इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले  दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेको थियो  ।


घाइतेहरुको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको  तथा उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि बसका चालक फरार रहेको हुँदा खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom