Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध


चितवन, असार ३ गते। मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै गएको पहिरोका कारण राजमार्ग दुवैतर्फ पूर्ण रुपमा अवरुद्ध भएको छ।


सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राति परेको अविरल वर्षासँगै खसेको ठूलो पहिरोका कारण यातायात सेवा प्रभावित भएको हो। पहिरो पन्छाउनका लागि डोजर तथा अन्य उपकरण परिचालन गरिए पनि कम्तीमा ४ घण्टा समय लाग्ने चितवन प्रहरीले अनुमान गरेको छ।


सडक खुलाउने काम तीव्र रूपमा भइरहेको बताइएको छ। यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom