घटनास्थलमा बाटोमा ग्याबिन भर्ने जग खन्ने काम भइरहेको बेला माटोको ढिस्कोले पुरिँदा कामदारहरू बीच बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका १ का २५ वर्षका पदम सार्की, सिमकोट गाउँपालिका ४ की २२ वर्षीया शर्मिला बिक, २३ वर्षीया सुबित्रा बिक, ५४ वर्षीया हिरा लामा, ४० वर्षीया पेमा लामा र ५० वर्षीया डोल्मा लामालाई चोट लागेको हो।
प्रहरी हवलदार बरिन्दर बानियाका अनुसार, घाइते सबैलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत जिल्ला अस्पताल सिमकोट लगिएको छ।
-
पदम सार्कीको ढाडमा गम्भीर चोट लागेको छ।
-
शर्मिला बिकको निधारको दाहिने भागमा चोट लागेको छ।
-
सुबित्रा बिकलाई बाहिरी चोट नभए पनि अन्य ३ जना (हिरा, पेमा र डोल्मा लामालाई) सामान्य चोट लागेको बताइएको छ।
सबै घाइतेहरूको उपचार जारी रहेको प्रहरीले जनाएको छ।