Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

परिवारसँग पोखरा घुम्न आएकी एक महिला रहस्यमय अवस्थामा मृत फेला - Brighter Network




पोखरा, जेठ ३२। पोखरास्थित एक होटलमा रुपन्देहीकी एक महिला रहस्यमय परिस्थितिमा मृत फेला परेकी छन्।

बुटवल उपमहानगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया सरिता भण्डारी पोखरा महानगरपालिका–६ स्थित होटल रुद्राक्षमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना गएराति करिब साढे १२ बजेको अनुमान गरिएको भए पनि प्रहरीले जानकारी राति १ बजेतिर मात्र पाएको बताइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनी होटलको ब्रान्डाबाट खसेर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ।

परिवारका सदस्यहरूसँग प्राप्त विवरणअनुसार सरिता आफ्ना श्रीमान् राजु भण्डारी र दुई छोरासहित घुमघामको सिलसिलामा पोखरा गएकी थिइन्। तर, उक्त घटना रहस्यमय देखिएको भन्दै परिवारजनले थप छानबिनको माग गरेका छन्।

मृतक भण्डारीको पुर्ख्यौली घर गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, टाकुरा सिम्पानी हो।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र घटनास्थल तथा वरपरको सिसिटिभी फुटेज समेत संकलन गरी अध्ययन भइरहेको प्रहरीले जानकारी दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom