पक्राउ पर्नेमा प्रदेश ३-०१००६ ख ४५८५ नम्बरको ट्रक चालक, धादिङको गल्छी गाउँपालिका-७ का ३४ वर्षीय सन्तोष तामाङ, ना ५ ख ७४११ नम्बरको ट्रक चालक, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ का २९ वर्षीय अरविन्द दमाई र मधेस प्रदेश ०३-००१ ख ९६३६ नम्बरको ट्रक चालक, मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३४ वर्षीय गोकर्ण अर्याल रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा सवारी चालकहरूको परीक्षण गर्दा उनीहरूले लागूपदार्थ सेवन गरेको पुष्टि भएको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।
यस विषयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले सवारी चालकले लागूपदार्थ सेवन गरेर सवारी चलाउनु गम्भीर अपराध रहेको बताउनुभयो।
सवारी चालकले लागूपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ तथा प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न प्रहरीले आग्रह गरेको छ।