अख्तियार स्रोतका अनुसार उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी रकम असुलेको देखिएको छ। गुप्ताको घुस अडियो प्रकरणमा अनुसन्धान अघि बढाउँदै गर्दा पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता पुष्टि गर्ने प्रमाण भेटिएको आयोगले जनाएको छ।
बुधबार अख्तियारले पूर्वमन्त्री श्रेष्ठसँग बयान लिँदै भ्वाइस टेस्ट गरेको छ। यसअघि मंगलबार गुप्तासँग बयान लिइएको थियो। छानबिनका क्रममा पोखराका एक सेवाग्राहीसँग श्रेष्ठले पटक–पटक सम्पर्क गरी नगद मागेको अडियो र म्यासेज प्रमाण फेला परेको छ।
अख्तियारका अनुसार श्रेष्ठले मन्त्रिपरिषद्को बैठकको जानकारीदेखि निजी सुरक्षा अधिकृतमार्फत पैसा पठाउन आग्रह गरेकी थिइन्। एक सन्देशमा उनले लेखेकी थिइन्— “पशुपति पूजामा छु, क्यास चाहिएको छ, ड्राइभरलाई पठाइदेऊ।”
स्रोतका अनुसार, भूमिव्यवस्था मन्त्रीबाट हटेपछि श्रेष्ठ बिचौलियाको भूमिकामा सक्रिय हुँदै बहालवाला मन्त्रीसँग मिलेर स्वार्थअनुकूल काम गराउने र त्यसवापत ठूलो रकम असुल्ने गरेको प्रारम्भिक तथ्य फेला परेको हो।
यस प्रकरणमा अख्तियारले थप प्रमाण संकलन गर्दै दुवैलाई कानुनी प्रक्रियामा लैजाने तयारी गरेको जनाएको छ।