बोर्डले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अनुसार, यस्तो खाता स्थगित गर्न सिडिएस एन्ड क्लियरिङ (CDSC) लाई निर्देशन दिइएको छ। नवीकरण शुल्क नबुझाए खाता स्वतः बन्द हुनेछ।
यसका साथै, खातामा रकम भए मात्र दोस्रो बजारबाट सेयर किन्न मिल्ने व्यवस्था लागू हुने भएको छ। खरिदकर्ताको बैंक खातामा पर्याप्त रकम नभएसम्म कारोबार गर्न पाइने छैन।
नीतिमा साधारण सेयरमा आवेदन दिँदैनसाथ तत्काल भेरिफिकेसन हुने र रकम रोक्का गरेर बाँडफाँटपछि फुकुवा गर्ने व्यवस्था पनि ल्याइएको छ। गैरआवासीय नेपाली (NRN) ले पनि जुनसुकै मुलुकबाट सेयर खरिद–बिक्री गर्न पाउने भएका छन्।
बोर्डले पुँजी बजारलाई पारदर्शी बनाउन, अवैध गतिविधि नियन्त्रण गर्न र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै नयाँ वित्तीय उपकरण विकास, सूचना प्रविधिको सशक्त प्रयोग र लगानीकर्ताको साक्षरता बढाउने नीति अघि सारेको छ।