स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँतलामा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। मृतक दिदीबहिनी रहेको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो।
घरधनीका अनुसार उनीहरू दुई साताअघि मात्रै डेरामा आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरू घरबाट भागेर आएको खुलेको प्रहरीले जनाएको छ। मृतकका आफन्तसँग सम्पर्क हुन बाँकी रहेको र आफन्त आएपछि घटनास्थलको मुचुल्का गरिने प्रनाउ ढुङ्गानाले जानकारी दिनुभयो।