Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रसुवागढी बाढीमा बेपत्ता ३ प्रहरीसहित १८ जनाको नाम सार्वजनिक


रसुवा, असार २४ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, छ जना चिनियाँ नागरिक, तीन जना गाडी चालक, तथा अन्य छ जना नेपाली श्रमिक तथा यात्रु रहेका छन्।

बाढीले सो क्षेत्रको संरचना, सडक र निर्माणाधीन स्थलहरूमा ठूलो क्षति पुर्याएको बताइएको छ। उद्धार तथा खोजी कार्य अहिले पनि जारी रहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली परिचालन गरिएको छ भने, डिएसपी थापाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरीहरू समेत बेपत्ता भएका छन्।

बाढीमा बेपत्ता भएका ३ जना प्रहरी:

  • प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ

  • प्रहरी जवान मुन्ना ठाकुर

  • प्रहरी जवान लोकेन्द्र बोहोरा

बेपत्ता भएका ९ जना नेपाली नागरिक:

  • फुर्वा लामा

  • गोविन्द मोक्तान

  • लोकमान तामाङ

  • जिपन चौधरी

  • सन्तोष दइत

  • बुद्धिराम थारू

  • लक्ष्मीनारायण थारू

  • सुरेश थारू

  • नरेन्द्र विक

बेपत्ता भएका ६ जना चिनियाँ नागरिक:

  • यु युइ

  • ली हुवाछिन

  • याङ चुआन

  • यु हाइ हाङ

  • यु छिआओ छुइ

  • जोउ योङ

यसैबीच, रसुवाकै उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधामको खोला किनारमा एकजनाको दाहिने खुट्टा फेला परेको पनि जानकारी दिइएको छ। डिएसपी थापाका अनुसार उक्त खुटाको पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको छ।

बाढीबाट संरचना मात्रै होइन, मानवीय क्षतिसमेत धेरै भएको प्रारम्भिक अनुमान गरिएको छ। सुरक्षाकर्मीहरू, स्थानीयबासी र अन्य उद्धार टोलीहरूको सक्रियतामा उद्धार कार्य जारी रहे पनि मौसम र भौगोलिक कठिनाइले गर्दा खोजीमा अवरोध भएको बताइएको छ।

सरकार तथा सम्बन्धित निकायहरूले घटनाको गम्भीरता बुझ्दै थप उद्धार टोली, राहत सामाग्री र आवश्यक सहयोग पुर्‍याउने तयारी गरिरहेको बताएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom