Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अन्नपूर्णका प्रधानाध्यापकसहित १४ जनाविरुद्ध २९ लाखभन्दा बढी भ्रष्टाचार मुद्दा



काठमाडौँ, असार २२ गते।

डोल्पाको अन्नपूर्ण माध्यमिक विद्यालयमा सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि रु २९ लाख ६० हजार ६९२ बराबरको हिनामिनाको आरोप लगाएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रधानाध्यापक रोकाया, गाउँपालिका अध्यक्षको पत्नी तथा विद्यालयकै शिक्षिका उषा कुमारी सिंह र उनी प्रोपाइटर रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवासहितको मिलेमतोमा सार्वजनिक खरिद ऐनविपरीत काम गरिएको छ। सार्वजनिक खरिद प्रक्रियामा आफूखुसी कम्पनी छनोट गरी महातारा निर्माण सेवालाई अयोग्य ठहर गरिएको र ७९ लाख ५१ हजार ७२९ को उच्च कबोल दिने कम्पनीलाई ठेक्का दिइएको आयोगको दाबी छ।

त्यसबाट विद्यालयलाई २९ लाख ६० हजार ६९२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको ठहर गरिएको छ।

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, शिक्षकद्वय हृदय नारायण साह र जयबहादुर ठकुल्ला, इन्जिनियर देवराज रावत, साथै पालिका पदाधिकारीहरू दत्तबहादुर बुढा, दुर्गा देवी लामा, र अन्य उषा कुमारी सिंह, अशोक रोकाया, कविता बुढा (ठकुल्ला), रुपा रोकाया, पृथि ठकुल्ला, धनबहादुर कामी र नारायणी ठकुल्लाविरुद्ध मुद्दा दायर गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरूलाई सजाय हुन मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom