जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको मृत्यु भएको हो।
प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन खोज्दा श्रीमतीलाई समेत करेन्ट लागेको थियो। दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।