Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दसैँका लागि सुकिला नोट सटही भदौ २९ देखि असोज १० गतेसम्म


काठमाडौँ, भदौ २९ । नेपाल राष्ट्र बैंकले आगामी दशैं पर्वका लागि नयाँ नोट सटही कार्यक्रम सुरु गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको सूचनाअनुसार भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नोट सटही सुविधा उपलब्ध गराइनेछ।

यस क्रममा सर्वसाधारणले नयाँ नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा सटही गर्न सक्नेछन्।

यसबाहेक राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि नयाँ नोट उपलब्ध हुने जानकारी दिइएको छ।

यस वर्ष विजया दशमी असोज १६ गते परेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom