Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा पहिरो, एक घाइते

भदौ १५, रसुवा । गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित निर्माणाधीन भन्सार क्षेत्रमा आइतबार बिहान सुख्खा पहिरो खसेको छ। स्थानीयवासीका अनुसार बिहान खसेको पहिरोले आसपासको क्षेत्र प्रभावित बनेको छ।

सोही समयमा पैदल हिँडिरहेका पर्सा जिल्ला विश्रामपुर–४ निवासी १९ वर्षीय विनयदास थारू घाइते भएका छन्। रोजगारीका सिलसिलामा टिमुरेमा बस्दै आएका थारूको टाउको, कान र काँधमा ढुङ्गा लागेर चोट लागेको टिमुरे स्वास्थ्य चौकीका इन्चार्ज युगेन लोप्चनले जानकारी दिनुभयो।

थारूलाई प्राथमिक उपचारपछि आइतबार बिहान करिब ९ः४० बजे बा. १४ च. १६६१ नम्बरको स्कर्पियोमा थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

पहिरोका कारण भन्सार निर्माण कार्य तत्कालका लागि रोकिएको छ भने थप क्षतिको जोखिम कायमै रहेको अधिकारीहरूले जनाएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom