गुल्मी, भदौ १५ । धुर्कोट गाउँपालिका–६ रजस्थल किटेनीका ५७ वर्षीय शिवबहादुर घर्ती मृत फेला परेका छन्। उहाँलाई मदाने गाउँपालिका–७ भनभनेस्थित लाम्काने जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शव फेला परेपछि इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहाको टोली घटनास्थलमा पुगेको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा प्रहरी कार्यालयका प्रवक्ता गङ्गाबहादुर सारुले जानकारी दिनुभयो।
स्थानीय जनप्रतिनिधि शालिकराम अर्यालका अनुसार घर्ती भदौ ८ गतेदेखि घरबाट सम्पर्कविहीन रहेका थिए।




