रुपन्देहीको भैरहवा नापी कार्यालयमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०५३ साल असार १३ गतेदेखि २०८१ असार १६ गतेसम्म यादव र परिवारको वैध आय नौ करोड तीन लाख ९५ हजार ४४४ रुपैयाँ मात्र देखिए पनि सो अवधिमा कुल खर्च १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ पुगेको छ।
आयभन्दा बढी खर्च देखिएकाले पुष्टि गर्न नसकिएको पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँलाई बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम यादवसँगै उनकी पत्नी गायत्री यादव तथा छोराहरू सुधान्सु र शुभम यादवलाई समेत प्रतिवादी बनाई विशेष अदालत काठमाडौंमा शुक्रबार आरोपपत्र दायर गरिएको हो।


.png)

