Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लहानमा स्कारपियोबाट ७ लाखभन्दा बढीको कपडा बरामद, चालक फरार


भाद्र १३,

सिरहा जिल्लाको लहान नगरपालिका–१९ चहरपट्टी चौक नजिकै सशस्त्र प्रहरीले भन्सार छली ल्याइएका कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गुल्म, लहानका अनुसार बिहीबार साँझ करिब ८ बजे गस्तीमा रहेको टोलीले भारतीय नम्बर प्लेट BR 01 PB 4642 भएको सेतो स्कारपियो रोकेर जाँच गरेको थियो। प्रहरी देखेपछि चालक गाडी छाडेर फरार भएको बताइएको छ।

गाडीमा गरिएको तलासीपछि नयाँ तथा विभिन्न प्रकारका कपडा लोड गरिएको भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले ती कपडा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको पुष्टि गरेको छ। बरामद कपडाको मूल्य करिब रु ७ लाख ४ हजार ८५० र गाडीको मूल्य करिब रु १५ लाख बराबर हुने अनुमान गरिएको छ।

हाल फरार चालकको खोजी भइरहेको छ भने बरामद सामान आवश्यक कारबाहीका लागि लहान भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले यसलाई भन्सार छली तथा अवैध सामान तस्करी नियन्त्रणमा एक महत्वपूर्ण सफलता मानिएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom