Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतबाट भित्र्याइएको २३ लाख बढीको अवैध औषधी बरामद


भदौ १३, बाँके ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको २३ लाख ३ हजार ६४० रुपैयाँ बराबरको बीनएन अल्को ड्रप्स नामक औषधी सशस्त्र प्रहरीले बाँकेको नेपालगञ्ज–१८, लगदहवाबाट बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनालका अनुसार सो औषधी आवश्यक कागजात र भन्सार शुल्कबिनै ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। बरामद औषधी थप कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरीले पछिल्लो समय सीमामा भन्सार छली तथा अवैध व्यापार नियन्त्रणका लागि चेकजाँच कडाइ गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom