Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनको मूल्यमा फेरि वृद्धि, नयाँ कीर्तिमान

काठमाडौं, भदौ १५ – नेपाली बजारमा सुनको मूल्य आज आइतबार पुनः उकालो लाग्दै नयाँ कीर्तिमानमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६०० रुपैयाँमा पुगेको हो।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ रहेको चाँदी आज तोलामा २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom