ती मध्य दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट काठमाण्डौँ आउदै गरेको ध२प ३१४६ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मोटर साइकललाई ठक्कर दिने भारतीय ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ ।
ट्रकमा चार जना सवार रहेको प्रहरीले जनाएको छ ।
चारै जना भारतीय नागरिक हुन् ।
घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ ।