Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कैलाली जिल्ला कारागारका एक थुनुवाको मृत्यु


कैलाली, भदौ ९ । कैलाली जिल्ला कारागारका एक थुनुवाको मृत्यु भएको छ।


टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो निधन भएको कारागार प्रशासनले जनाएको छ।


कारागार प्रमुख प्रकाश ढुङ्गानाका अनुसार टाउको दुखेको र रिंगटा लागेको बताएपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


मृत्युको कारण खुलेको छैन। चौधरी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकामा आज अचानक स्वास्थ्यमा समस्या देखिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom