बीबीसीका अनुसार नासेर अस्पताल परिसरलाई लक्ष्य बनाई गरिएको आक्रमणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरू मारिएका हुन्।
यस घटनामा रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु पुष्टि गरेको छ भने अन्य पत्रकारहरू अल जजिरा, एपी (एसोसिएटेड प्रेस) र एनबीसीका लागि काम गर्ने पत्रकारहरू रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
गाजाको विभिन्न स्थानमा निरन्तर आक्रमण भइरहेका बेला पत्रकारमाथिको यो क्षति मिडिया स्वतन्त्रता र मानवीयताको दृष्टिले गम्भीर चिन्ताको विषय बनेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।