एजेन्सी, भदौ ९ । गाजाको दक्षिणी क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसीका अनुसार नासेर अस्पताल परिसरलाई लक्ष्य बनाई गरिएको आक्रमणमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरू मारिएका हुन्।
यस घटनामा रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु पुष्टि गरेको छ भने अन्य पत्रकारहरू अल जजिरा, एपी (एसोसिएटेड प्रेस) र एनबीसीका लागि काम गर्ने पत्रकारहरू रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
गाजाको विभिन्न स्थानमा निरन्तर आक्रमण भइरहेका बेला पत्रकारमाथिको यो क्षति मिडिया स्वतन्त्रता र मानवीयताको दृष्टिले गम्भीर चिन्ताको विषय बनेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।


.png)


