Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ठूलो मात्रामा लागू औषधसहित सात जना पक्राउ


भाद्र ५,

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लजमा विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोठा नम्बर १०६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।


चितवन प्रहरीले पक्राउ परेकाहरूको साथबाट Tramol–50 लेखिएको १,७८० पत्ता (जम्मा १७,४०० क्याप्सुल) बरामद गरेको जनाएको छ।


पक्राउ परेका व्यक्तिहरूमा चितवन माडी नगरपालिका–१ का २४ वर्षीय अनिष श्रेष्ठ,चितवन कालिका नगरपालिका–५ की २१ वर्षीया शान्ती गुरुङ,पर्सा ठोरी गाउँपालिका–२ टाउनका २१ वर्षीय विनायक तामाङ,पर्सा ठोरी गाउँपालिका–२ भञ्ज्याङका २५ वर्षीय सूर्य लामा,पर्सा ठोरी गाउँपालिका–२ का १८ वर्षीय प्रदिप लामा,पर्सा ठोरी गाउँपालिका–२ का २४ वर्षीय प्रदिप न्यौपाने,भारत बिहार राज्य पश्चिम चम्पारण चनपटियाका २४ वर्षीय आर्यन कुमार रहेका छन्।


जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom