Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकलमा बोकेर ल्याउँदै गरेको २७ केजी गाँजासहित युवक पक्राउ


भदौ १३, सर्लाही ।

सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकमा प्रहरीले २० वर्षीय सन्ते ब्लोनलाई २७ केजी गाँजासहित पक्राउ गरेको छ।

चुरेवर्ती क्षेत्रबाट ल्याइएको गाँजा मोटरसाइकलमा बोकेर ल्याउँदै गर्दा प्रहरीले चेकजाँच गर्नेक्रममा ब्लोनलाई नियन्त्रणमा लिएको हो। तर साथमा रहेका अर्का युवक भने फरार भएका छन्।

बरामद गाँजा पाँच पोका (२७ किलो) रहेको र पक्राउ परेका ब्लोनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom