साउन २३ गते, कालिकोट । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
कर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र–१०, गोलुवा भन्ने स्थानमा शुक्रबार बिहान बा. १ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो।
दुर्घटनामा पाँचजना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटनास्थल कालिकोटमा पर्ने भएकाले त्यहाँको प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको हो।
हाल कालिकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको छ भने घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।