Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गैरकानुनी रुपमा खाडी मुलुक लैजाँदै गरिएका ४० नेपाली महिलाको उद्धार

साउन २२ गते, काठमाडौं । गैरकानुनी ढङ्गबाट भारत हुँदै घरेलु कामदारको रूपमा खाडी मुलुकहरूमा लैजान लागिएका ४० जना नेपाली महिलाहरूको उद्धार गरिएको छ।

भारतीय सामाजिक संस्था ‘किन इन्डिया’ को सहयोगमा भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासले ती महिलाहरूको उद्धार गरी आज नेपाल फर्काएको हो।

नेपालका लागि भारतीय राजदूत डा. शंकर शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरूको उद्धारको जानकारी सार्वजनिक गर्नुभएको छ।

यस घटनाले वैदेशिक रोजगारीको नाममा भइरहेको मानव तस्करीको जोखिम र त्यसविरुद्ध सरकारी तथा गैरसरकारी तहबाट भइरहेको प्रयासलाई पुनः उजागर गराएको छ।

राजदूत शर्माले यस प्रकारका उद्धार अभियानहरू भविष्यमा पनि निरन्तर चलाइने जानकारी दिनुभएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom