राई सोमबार विहान सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय जाने उद्देश्यले घरबाट निस्किएका थिए। तर, साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो। खोजीक्रममा स्थानीय बम्खुवा खोलाको किनारमा उनको छाता र जुत्ता भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार स्थानीयवासी र प्रहरीले संयुक्त खोजी गर्दा उक्त स्थानभन्दा करिब एक किलोमिटर तल दह छेउको ढुंगाको चेपमा राईको शव भेटिएको हो। शव निकाल्न कठिनाई भएकाले थप सुरक्षाकर्मी माग गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजु लामाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित करिब ४५ जनाको टोली परिचालन गरी शव बाहिर निकालिएको प्रहरीले जनाएको छ।
मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ।


.png)

