Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा कर्तव्यज्यान मुद्दामा संलग्न ८ जना पक्राउ

स्याङ्जा, भदौ ९ – स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ जर्कोटमा भएको कुटपिट घटनामा संलग्न रहेको आरोपमा आठ जना पक्राउ परेका छन्।

गत भदौ ७ गते राति करिब ११ बजे मोटरसाइकल चर्को आवाजमा चलाएको विषयलाई लिएर भएको विवादपछि हरिनास गाउँपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापामाथि कुटपिट भएको थियो। गम्भीर घाइते भएका थापालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। तर उपचारकै क्रममा भदौ ८ गते बिहान डाक्टरले मृत घोषणा गरेका थिए।

घटनापछि अनुसन्धान अघि बढाउँदै गएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वालिङ प्रहरी र मातहतका विशेष अपरेसन टोलीमार्फत जिल्लाका विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई सम्मानित स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका आरोपीहरूको विवरण
१) २२ वर्षीय सिजन थापा, हरिनास–५
२) २४ वर्षीय अनिल शाही ठकुरी, चापाकोट–५
३) २० वर्षीय बिवेक मानन्धर, हरिनास–५
४) १८ वर्षीय बादल बि.क., चापाकोट–५
५) २३ वर्षीय गुरु प्रसाद लम्साल (गोरे), हरिनास–५
६) १७ वर्षीय आर्यन क्षेत्री, हरिनास–५
७) २३ वर्षीय विश्वास वाग्ले, हरिनास–५
८) २२ वर्षीय निशान थापा, हरिनास–६

प्रहरीका अनुसार घटना कर्तव्यज्यान मुद्दा अन्तर्गत दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom