झापा ।
झापाको मेचीनगर–२ मा बुधबार बेलुकी जंगली हात्तीको आक्रमणमा परि एक जना घाइते भएका छन्।
घटनामा मोटरसाइकलमा सवार सरोज घतानी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी सामान्य घाइते भएको र स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।
संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलका अनुसार करिब २०–२२ वटा जंगली हात्ती प्रसाद गौडाबाट नेपाल प्रवेश गरेका थिए। तीमध्ये दुई हात्ती बिहीबार बिहान फर्कने क्रममा सडक छेउमा देखिएका यात्रुहरूमाथि आक्रमण गरेको हो।
सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा घाइतेलाई तत्काल उद्धार गरिएको प्रहरीले जनाएको छ।




