Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेहोस भएर लडेका असई इन्द्र भुजेलको ज्यान गयो


भदौ १३ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनुभएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो । 


शुक्रबार बिहान ड्युटीका लागि कार्यालयबाट निस्कने क्रममा अचानक बेहोस भई लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर बेहोस हुनु भएका भुजेललाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा उहाँको निधन भएको प्रहरीको भनाइ छ । 


हृदयघातका कारण प्रहरी असईको मृत्यु हुन सक्ने आशङ्का प्रहरीको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom