Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई महिनाअघि मात्रै विवाह गरेकी महिलाको शंकास्पद मृत्यु , पति र ससुरा नियन्त्रणमा


सप्तरीमा एक महिलाको शंकास्पद मृत्यु भएपछि हत्याको आशंकमा प्रहरीले पति र ससुरालाई नियन्त्रणमा लिएको छ । दुई महिनाअघि मात्रै विवाह गरेकी डाक्नेश्वरी नगरपालिका माइती र महादेवा गाउँपालिका घर भएकी महिलाको शंकास्पद मृत्यु भएको पाइएको छ ।


महादेवा गाउँपालिका वडा नम्बर १ सोनरा टोल बस्ने दीपक यादवकी पत्नी २१ वर्षीय दीपा यादवको शनिबार मृत्यु भएको हो।


बिरामी भएको भन्दै पति दीपक र ससुरा पर्शुरामले शनिबार दीपालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनु भएको थियो । तर, अस्पताल ल्याउनु लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


मृतक दीपाको शरीरमा चोटपटक र निलडाम देखिएको जिल्ला प्रहरीले कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।


उहाँले घट्ना शंकास्पद देखिएको भन्दै अनुसन्धान अगाडि बढाइएको बताउनुभयो ।


‘‘घाँटीमा निलडाम देखिएको छ, त्यहीं भएर हामीले अनुसन्धान अघि बढाएका छौं’’ उहाँले भन्नुभयो ।


मृतकको शव पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।


घटनाको अनुसन्धानका लागि मृतक दिपाकी पति दीपक र ससुरा पर्शुरामलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।


यो घटनाको विषयलाई लिएर माइती पक्षले दीपाको हत्या गरेको आरोप सहित प्रहरीमा जाहेरी दिएका छन् ।


गत ४ असारमा दीपा र दीपकको सामाजिक परम्परा अनुसार बिवाह भएको थियो । तर विवाह पछि थप दाइजो माग्दै दीपक, पर्शुरामसहितकाले दीपालाई दिनहुँजसो यातना दिदैं आएको मृतकका काका भगवती प्रसाद यादवको आरोप छ ।


दाइजोकै बिषयमा निरन्तर विवाद हुँदै आएको र सोही विवादकै कारण दीपाको उनका पति र ससुराले कुटपिट गरी हत्या गरेको माइती पक्षको दावी छ । 

Top Post Ad

post bottom ads

Ads Bottom