Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध मिर्गौला तस्करी गर्ने गिरोह पक्राउ

भदौ १६ । आर्थिक प्रलोभनमा पारेर विपन्न नेपालीलाई भारत पुर्‍याई मिर्गौला तस्करी गर्ने गिरोहका सात जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र सुजन भारतीसहितलाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो। भण्डारीले मात्रै हालसम्म २५ जनाको मिर्गौला झिकाएको स्वीकार गरेको छ।

अपरेसन लाइफ सिल्ड’ नामक अभियानमार्फत पाँच जना पीडित उद्धारसँगै गिरोहको गतिविधि खुलासा भएको हो। पक्राउ परेकामाथि चार वटा छुट्टाछुट्टै मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom