भदौ १८, काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति ११ः२३ बजे ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसको धक्का सिन्धुपाल्चोकसँगै आसपासका जिल्लाहरूमा पनि अनुभव गरिएको थियो।
यसअघि मंगलबार बिहान ६ः१५ बजे गोरखाको अजिगकोट–३, हंशपुरलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रमा ४.१ म्याग्निच्यूडको अर्को भूकम्प गएको केन्द्रले जानकारी दिएको छ।




