Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नवलपुरमा कन्टेनर र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते





भदौ १८, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१५, लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गएराति नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना २ क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको प्र २–०३००१ ख ४०५६ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटनामा कन्टेनर चालक नवलपरासी सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पंगेनीको पुरानो मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।

सोही कन्टेनरका सहचालक चितवन राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रक चालक महोत्तरी बर्दिवास नगरपालिका–११ का ३० वर्षीय बिच बहादुर थिङ घाइते भई हाल भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन्।



Top Post Ad

post bottom ads

Ads Bottom