Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण





भदौ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अधिवक्ता ओमप्रकाश अर्यालले शपथ लिनुभएको हो । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्ने भएकी छन् ।

खनाल पूर्वअर्थ सचिवका रूपमा आर्थिक सुधार र सुशासनका क्षेत्रमा चिनिनुहुन्छ, घिसिङ नेपाल विद्युत प्राधिकरणको नेतृत्व गरेर लोकप्रिय बन्नुभएको छ भने अर्याल भ्रष्टाचारविरुद्धको कानुनी लडाइँका कारण चर्चित हुनुहुन्छ ।

सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्चपदस्थ अधिकारी र सरोकारवाला उपस्थित थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom