भदौ ३० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् ।
मन्त्री अर्यालले आजको निर्णयअनुसार शोकको प्रतीकस्वरूप राष्ट्रिय झण्डा आधा झुकाइनेछ । साथै आन्दोलनमा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रतिपरिवार एक लाख रुपैयाँ प्रदान गरिने र मृतकको शव घर ठेगानासम्म पुर्याइने व्यवस्था हुने भएको छ ।
मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।



.png)


