Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जेन–जी आन्दोलनमा घाइते वरिष्ठ नेता खनालकी पत्नीको बाँया हात फालियो



असोज २ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको बाँया हात काटिएको छ।

भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा घरमै आक्रमण भई जिउँदै आगो लगाइएपछि उनी निरन्तर उपचाररत थिइन्।

किर्तिपुरस्थित वन अस्पतालमा उपचारका क्रममा हातमा गम्भीर संक्रमण देखिएपछि चिकित्सकहरूले बाँया हात काट्नुपर्ने अवस्था आएको खनालले जानकारी दिनुभयो।

खनाल स्वयं पनि हाल अस्पतालमै उपचाररत छन्। उनका अनुसार चित्रकारको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख छ।

Top Post Ad

post bottom ads

Ads Bottom