Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

आगजनीपछि सर्वोच्च अदालतमा पालमुनि इजलास सञ्चालन


असोज २ । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनीले सर्वोच्च अदालत भवन जलेर नष्ट भएपछि आजदेखि पालमुनि इजलास सञ्चालन गरिएको छ।

प्रवेशद्वारदेखि देखिने गरी भवन पूर्ण रूपमा जलेको छ भने अगाडि थुप्रिएका सवारीसाधन, भाँचिएका टेबल–कुर्सी र असरल्ल सामग्री अझै यथावत छन्। कर्मचारी बस्ने ठाउँ नहुँदा पाल टाँगेर अस्थायी रूपमा इजलासको व्यवस्था गरिएको हो।

सर्वोच्च अदालतको पूर्ण बैठकले “विषम परिस्थितिमा पनि न्यायिक प्रक्रिया अघि बढाउने” निर्णय गरेपछि आज न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन थान बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, “सूचना प्रविधिका उपकरण र सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ। सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति पुगेको छ, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएको छ। पूर्ण विवरण आउन बाँकी छ।”

आगजनीका कारण अदालतका मुद्दाका मिसिल पनि नष्ट भएका छन्। पूर्ण रूपमा जलेका अदालतका मिसिल हराएका छन् भने आंशिक क्षति भएका अदालतमा केही मिसिल मात्र बाँकी छन्।

Top Post Ad

post bottom ads

Ads Bottom