असोज २ । भारतको हिमाञ्चल प्रदेशमा अविरल वर्षाका कारण कांगडा जिल्लामा १० घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५० घरमा क्षति पुगेको छ।
देहरादून मार्गका सडक भासिँदा मसुरीमा करिब २५ सय पर्यटक अलपत्र परेका छन्।
मनसुन सुरु भएदेखि अहिलेसम्म प्रदेशभर ४१७ जनाको मृत्यु भइसकेको छ भने १५ सयभन्दा बढी घर ध्वस्त भएका छन्।
कोल्हुखेत क्षेत्रमा वैकल्पिक बेली पुल निर्माण कार्य जारी छ तर पूरा हुन अझै केही समय लाग्ने बताइएको छ।
यसैबीच मौसम विभागले सेप्टेम्बर १९ सम्म दार्जिलिङ, कलिम्पोङ, जलपाइगुडी, कोचबिहार र अलीपुरद्वारमा वर्षा जारी रहने अनुमान गरेको छ।