शनिबार सिरहा नगरपालिका–४ रमौलका १५ वर्षीय मो. अम्माद इनारको मोटर चलाउने क्रममा र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदाय रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएका हुन्।
यस्तै, आइतबार रमौलकै ३० वर्षीया अफ्रोजा खातुन मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन्। उहाँको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले विद्युत् प्रयोगमा आवश्यक सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढिरहेको बताउँदै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।